-सुरेन्द्र फुयाल
कुनै समय थियो नेपालमा चीनियाँ पर्यटकहरु निकै कम आउने गर्दथे। तर पछिल्लो दश बर्षमा नेपालभ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या १५
गुणाले बढेको नेपालका पर्यटन अधिकारीहरुले बताएका छन्। नेपाल र चिनबीच सरकारी
स्तरमा सुमधुर सम्बन्ध रहेको र दुई देश बीच हवाई सम्पर्क व्यापक बिस्तार भएकाले
चिनियाँ पर्यटकहरुको आगमन उच्चदरमा बढेको बताइन्छ।
पछिल्ला वर्षहरुमा नेपालमा चीनियाँ पर्यटकहरुको आगमन अत्यन्त
उत्साहजनक भएको भन्दै नेपालका पर्यटन व्यवसायीहरुले सन्तोष व्यक्त गरेका छन्।
तर खर्चालु र धनाड्य चीनियाँ पर्यटक नेपाल भित्र्याउन चीनमा
नेपालबारे प्रचार-प्रसार र त्याहाँका ठूला शहरसंग नेपालको सीधा हवाइ सम्पर्क बढाउनु पर्नेमा
अधिकारी तथा व्यवसायीहरुले जोड दिएका छन्।
सन्फे २०१४को ब्रुअरी महिनाको शुरुमा काठमाण्डूमा चिनियाँ बसन्त उत्सवको
चहलपहल बढेको थियो।
त्यस्तो चहलपहल काठमाण्डूको पर्यटकीय क्षेत्र ठमेल, पोखराको लेकसाइड
र चितवनको सौराहमा देखिएको थियो।
‘मेड इन नेपाल’
ठमेलका एक व्यापारी विनोदमणि राईका अनुसार पोहर सालदेखि
पश्चिमा पर्यटन नआउने जाडो
याममा पनि चीनियाँ पर्यटकहरु आउने गरेका छन्।
“उनीहरुको रोजाइ नेपालमा बनेका ‘मेड इन नेपाल’ लेखिएका सामानहरु हुने गरेको छ।”
गएको दुई वर्षयता नेपालमा चीनिया पर्यटकहरुको आगमन गुणात्मक
रुपमा बढेपछि पर्यटन व्यवसायीहरु निकै उत्साहित भएका छन्।
अग्रणी पर्यटन व्यवसायी योगेन्द्र शाक्यका अनुसार निकै
खर्चालु र धनाड्य पर्यटकहरु पनि नेपाल आउने गरेका छन्।
बढ्दो क्रम
“काठमाण्डु को न्यू रोडमा घडी बेच्ने चीनियाँहरुमात्र होइन अब त हेलिकोप्टर
भाडामा लिने चीनियाँ पर्यटकहरु आउन थालेका छन्।”
सरकारी तथ्याङ्क अनुसार सन् २००३मा करिब सात हजार चीनियाँले
नेपाल भ्रमण गरेका थिए। तर सन् २०१३मा सो संख्या १ लाख नाघेको थियो।
अधिकारिहरुले चीनका ठूला शहरहरुसंग हवाइ सम्पर्क बढाउन सके त्यो
संख्या अझै बढाउन सकिने बताएका छन्।
एक अधिकारीले भने, “बढी भन्दा बढी चीनियाँ पर्यटक नेपाल भित्र्याउन नेपालको आफ्नै वायु सेवा चीनका
ठूला शहर जान जान सक्नु पर्छ र चीन भित्र नेपालबारे प्रचार-प्रसार आवश्यक छ।”
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१३मा एक अरब भन्दा बढी मानिसहरुले विदेश भ्रमण गरेकोमा धेरै यात्रु चीनका थिए।
विभिन्न अध्ययनहरुका अनुसार कयौ चीनियाँ पर्यटकहरु
तुलनात्मक रुपमा निकै खर्चालु पनि छन्।
नेपाल यात्रा
अझ नेपालीहरुमाझ चीनिया भाषाको ज्ञान र चिनियाँले
रुचाउने खाल्को थप रेष्टुराँ र होटलजस्ता सुविधा आवश्यक रहेको अधिकारी तथा
व्यवसायीहरु बताउछन्।
हाल चीनका तीन वटा वायुसेवाले चेङ्दु, ग्वाङ्जो र
कुनमिङ शहरबाट काठमाण्डू उडान गर्ने गरेका छन्।
कतिपय चीनिया पर्यटकहरु तिब्बतको ल्हासा हुँदै स्थलमार्ग
बाट पनि नेपाल आउने गरेका छन्।
(सबै तस्वीर सुरेन्द्र फुयाल/ All photos by Surendra Phuyal)
(Summary: Arrivals of Chinese tourists to Nepal have gone up several-fold in recent years, with arrivals crossing one hundred thousand mark in 2013. The numbers are expected to grow as both overland and air transportation links between the two Asian neighbors grow.)
No comments:
Post a Comment