Monday, 18 November 2013

आयो मंसीर ४: संविधानसभाको दोस्रो चुनावको ऐतिहाँसिक दिन CA Polls-II

आयो मंसीर ४: संविधानसभाको दोस्रो चुनावको ऐतिहाँसिक दिन

सुरेन्द्र फुयाल

नेपाली आकास अहिले पुरै खुलेको छ। नेपालीहरुको चक्षु र छाति पनि अहिले सम्भवत निकै खुलेको छ। काठमाण्डूबाट उत्तरतिर लाङटाङ दोर्जेलाक्पा गौरिशंकर आदी हिमालहरु चांदी झै टल्किरहेका छन्। हिमालहरु मुस्कुराइरहेका छन्। संयोग पनि कति सुन्दर: यहिबेला पूर्ण चन्द्रको रात परेको छ। हो मंसिर ४ अब नेपालीको ढोकैमा आइपुगेको छ। चुनाव विरोधी दलहरुबाट भएको ठानिएको पेट्रोल बम आक्रमणको त्रासकामाझ थुप्रै नेपालीहरु संविधानसभाको दोस्रो निर्वाचनमा भाग लिन राजधानीबाट आ-आफ्ना गाउँतिर लागेका छन्। 



दश वर्षे सशस्त्र द्वन्द्वलाई विश्राम दिन सफल देखिएको संविधानसभाको पहिलो चुनावको ६ वर्षपछि नेपालीहरुसामु आफ्नो भविष्य निर्माण गर्ने अभूतपूर्व अवसर आएको छ। परसर्दै अन्तत: संपन्न हुन लागेको चुनाव मार्फत नेपालीहरुले आफुलाई मन परेको उम्मेदवारलाई चुन्ने अवसर प्राप्त भएको छ। नेताहरुले गरेनन् भनेर पछि गाली गर्ने वा पछुताउने भन्दा पनि सहि र सक्षम उम्मेदवारलाई छान्ने मौका यहि हो।

थुप्रैले भने: संविधान बनाउन सकेन त्यसैले पहिलो संविधानसभा विफल भयो। तर त्यस्ले संविधान निर्माणबारे थुप्रै कामहरु पुरा गरिसकेको छ। अब चुनिने दोस्रो संविधानसभा सामु ती अपूरा कामहरु पुरा गर्ने अवसर प्राप्त हुने छ। त्यस्लाई गुमाउनु हुँदैन। त्यसपछि लोकतन्त्र (प्रजातन्त्र)लाई संस्थागत गर्दै राजनीतिक स्थीरता कायम गर्ने तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ। सुन्दर, शान्त र सम्ब‍ृध्द नेपाल निर्माणको सपनालाई विपनामा परिवर्तन गर्नु पर्छ। सबै नेपालीहरुले सकारात्मक सोच राखेर काम गरेमा नेपालले राजनीतिक स्थीर हासिल गर्दै दिगो र वातावरण-मैत्री आर्थीक विकासको मार्ग पक्रिने छ। 


अवश्य नै। 

सगरमाथा लगायत उच्च हिम शिखर रहेको नेपाल संसारकै ताज हो। नेपालले विश्वसामु उदाहरण प्रस्तुत गर्न सक्छ। शान्ति, दिगो विकास र सम्बृद्धीको सपना नेपालीहरुले अवश्य नै पुरा गर्न सक्छन्। बहुजातिय बहुभाषिक र बहुधरातलीय अनि अत्यन्त अद्वितिय आफ्नै प्यारो धर्तीमा। आफ्नो प्यारो देश नेपालमा।

हातेमालो गरौं नेपाल र नेपालीको निम्ति। (तस्वीर: लेखक आफैं)

No comments:

Post a Comment